ग्लोबल


भारत: ‘स्तन छुनु’लाई बलात्कार प्रयास मान्न नसकिने उच्च अदातलको फैसलामा सर्वोच्चको रोक

भारत: ‘स्तन छुनु’लाई बलात्कार प्रयास मान्न नसकिने उच्च अदातलको फैसलामा सर्वोच्चको रोक

भारतको सर्वोच्च अदालत


नेपालखबर
चैत १३, २०८१ बुधबार २०:३५, काठमाडौँ

भारतको सर्वोच्च अदालतले बुधबार इलाहाबाद उच्च अदालतले बलात्कार मुद्दामा गरेको विवादास्पद फैसलामा रोक लगाएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार इलाहाबाद उच्च अदालतले आफ्नो एउटा फैसलामा भनेको थियो, 'पीडितको स्तन छुनु र उनको सुरुवालको तुना खोल्नुलाई बलात्कार वा बलात्कार प्रयासको मुद्दा मान्न सकिँदैन।'

यसबारे सर्वोच्च अदालतले भनेको छ, 'उच्च अदालतको फैसलाले 'पूर्ण असंवेदनशीलता र अमानवीय मनोवृत्तिलाई प्रतिबिम्ब गर्छ। सर्वोच्च अदालतले यो निर्णयमा रोक लगाएको छ।'

सर्वोच्च अदालतका न्यायाधीश बीआर गवई र न्यायाधीश एजी मसिहको बेन्चले इलाहाबाद उच्च अदालतको यस फैसलाको स्वत: संज्ञान लिएको थियो।

सर्वोच्च अदालतको बेन्चले इलाहाबाद उच्च अदालतको निर्णयसँग कडा असहमति जनाएको छ। इजलासले उच्च अदालतको निर्णय "चक्कर दिने" खालको भएको बताएको छ।

घटना के हो?

घटना उत्तर प्रदेशको कासगंज क्षेत्रको हो। घटना सन् २०२१ मा एक नाबालिगसँग भएको थियो।

नाबालिग किशोरीकी आमाले कासगंजको विशेष न्यायाधीशको अदालतमा पोक्सो ऐनअन्तर्गत मुद्दा दायर गरेकी थिइन्। 

तर अभियुक्तले इलाहाबाद उच्च अदालतमा निवेदन दायर गरेका थिए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad