ग्लोबल


नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत

नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत

नेपालखबर
चैत १७, २०८१ आइतबार ७:४२, काठमाडौँ

प्यालेस्टिनी लडाकु समूह हमासले गाजामा नयाँ युद्धविराम प्रस्तावमा सहमति जनाएको छ।

जसमा थप पाँच बन्धक रिहा गर्ने र बदलामा ५० दिनको युद्धविराम गर्नुपर्ने उल्लेख छ। 

गाजा बाहिर हमासका सबैभन्दा वरिष्ठ नेता खलिल अल-हय्याले हमासले मध्यस्थकर्ता कतार र इजिप्टले पठाएको सम्झौताको मस्यौदालाई अनुमोदन गरेको बताएका छन्। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले पनि यो प्राप्त भएको र यस सम्बन्धमा प्रतिक्रिया पठाएको बताएको छ।

दुवै पक्ष नयाँ सम्झौतामा सहमत भएमा युद्धविराम यो इदमा लागू हुने सम्भावना रहेको बीबीसीले जनाएको छ। 

इजरायली सेनाले गाजामा दैनिक हवाई आक्रमण र रफाहमा स्थलगत कारबाही गरिरहेका बेला नयाँ युद्धविराम सम्झौताबारे छलफल भइरहेको हो। 

जनवरीमा हमास र इजरायलबीच भएको युद्धविराम सम्झौता यसै महिना भंग भएको थियो।

युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना बन्धकलाई रिहा गर्‍यो। अझै उसले ५९ जनालाई बन्धक बनाएको बताइन्छ।

तर तीमध्ये कति जना जीवित छन् भन्ने कुरा स्पष्ट छैन।

हमासले पहिलेको सम्झौता तोड्नु हुँदैन र दोस्रो चरणका लागि वार्ता सुरु हुनुपर्छ भनेको थियो। तर यसबारे कुराकानी सुरु नै हुन सकेन।

बदलामा इजरायल र संयुक्त राज्य अमेरिकाले एक महिनाअघि समाप्त भएको युद्धविरामको पहिलो चरणलाई थप गर्नुपर्ने प्रस्ताव राखे।

इजरायलले हमासलाई यो कुरा स्वीकार नगरेको आरोप लगायो र फेरि आक्रमण सुरु गर्‍यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad