ग्लोबल


आफैँले पत्नीको बिहे प्रेमीसँग गराइदिए, तर ४ दिनपछि फिर्ता ल्याए

आफैँले पत्नीको बिहे प्रेमीसँग गराइदिए, तर ४ दिनपछि फिर्ता ल्याए

पत्नीको बिहे प्रेमीसँग गराइदिएपछि तस्बिर खिचाउँदै बबलु (बायाँ)


नेपालखबर
चैत २१, २०८१ बिहिबार ९:१०, काठमाडौँ

भारतीय राज्य उत्तर प्रदेशको सन्त कवीरनगर जिल्लामा विवाहसम्बन्धी एउटा रोचक घटना भएको छ। त्यहाँ एक पतिले आफैँले श्रीमतीको विवाह उनका प्रेमीसँग गराइदिए। तर चार दिनपछि फेरि फिर्ता ल्याए।  

भारतीय सञ्चारमाध्यमका अनुसार घटना सन्तकवीर नगर धनघाटा प्रहरी चौकी क्षेत्रस्थि एक गाउँको हो।

रिपोर्टअनुसार सन् २०१७ मा बबलु नामका व्यक्तिले गोरखपुरकी राधिकासँग बिहे गरे। दुई सन्तान पनि भइसको छन्। 

केही समयअघि बबलु मजदुरी गर्न अर्को राज्यमा गएका थिए। यसपछि राधिकाले आफ्नै गाउँका युवक विकाससँग प्रेम सम्बन्ध विकास गरिन्। जुन कुरा हालै बबलुले थाहा पाए।

यसपछि उनले झगडा गर्नुको सट्टा पत्नीको इच्छाअनुसार उनलाई आफैँले प्रेमीलाई सुम्पने निर्णय गरे।

बबलुले आफ्नी श्रीमती राधिकाको बिहे उनका प्रेमी विकाससँग हिन्दु रीतिथितिअनुसार मन्दिरमा लगेर गराइदिए।

साथै अदालत गएर बयान रेकर्ड गराए। विवाहपछि बबलुले बेहुला र बेहुलीसँग फोटो पनि खिचाए।  

राधिका पनि आफ्ना दुई छोराछोरी र पतिलाई छाडेर आफ्नो प्रेमी विकाससँग गइन्। 

तर विवाह भएको चार दिनपछि बबलुलाई श्रीमतीको व्यापक याद आउन थाल्यो।

आफूलाई सम्हाल्नै नसकेपछि मार्च २८ को राति पूर्वश्रीमती लिन विकासको घर पुगे। सँगै उनकी आमा पनि गएकी थिइन्।

उनकी आमाले भनिन्, ‘दुइटा बच्चा छन्, हुर्काउन गाह्रो पर्‍यो। छोरोले गल्ती गर्‍यो।’

समस्या सुनेपछि अन्ततः विकास पनि राधिकालाई फिर्ता पठाउन राजी भए। राधिका पनि पुरानै पति बबलुका साथमा घर फर्किन्। 

 अहिले विकास पैसा कमाउन बाहिर गएका छन् भने बब्लु आफ्नी श्रीमती राधिकासँग जिल्लाको अन्त कतै बसिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad