इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सोमबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भेट्ने भएका छन्।
समाचार एजेन्सी रोयटर्सले दुवै देशका अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले लगाएको भन्सार शुल्कबारे छलफल गर्ने दुई नेता भेटवार्ता गर्न लागेको जनाएको छ।
ट्रम्पले उच्च शुल्क लगाएका ६० देशमध्ये इजरायल पनि एक हो। इजरायलबाट अमेरिकामा आयात हुने सामानमा १७ प्रतिशत भन्सार शुल्क अप्रिल ९ देखि लागू हुनेछ।
सोमबार हुने यो भेट ट्रम्पको दोस्रो कार्यकालमा नेतान्यहुको ह्वाइट हाउस (अमेरिकी राष्ट्रपति कार्यालय) भ्रमण दोस्रो हुनेछ।
यसअघि दुई नेताले फेब्रुअरीमा गाजा युद्धबारे छलफल गर्न भेटेका थिए।
396
Shares

प्रतिक्रिया