अमेरिकासँग बढ्दो व्यापार युद्धकाबीच चीनले आफ्ना नागरिकलाई अमेरिका यात्राबारे चेतावनी दिएको छ।
बीबीसीका अनुसार चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो।
यसमा मन्त्रालयले आफ्ना नागरिकलाई ‘होसियारीपूर्वक यात्रा गर्न’ र ‘जोखिमको पूर्ण मूल्यांकन गर्न’ र अमेरिका जानुअघि ‘सोचविचार गरेर मात्र यात्रा गर्न’ सुझाव दिएको छ।
यसले 'चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धमा बिग्रँदै गएको र संयुक्त राज्य अमेरिकाको घरेलु सुरक्षा अवस्था' बताएको छ।
यसैबीच चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गरेको छ।
यसमा विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नुअघि 'सुरक्षा जोखिमको आकलन' गर्न भनिएको छ।
ट्यारिफका विषयमा चीन र अमेरिका आमनेसामने भएका छन्।
चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानको भन्सार महसुल बढाएर १२५ प्रतिशत पुर्याएका छन्।
Shares

प्रतिक्रिया