कला


जुन फिल्मले आमिर र माधुरीलाई सुपरस्टार बनायो

जुन फिल्मले आमिर र माधुरीलाई सुपरस्टार बनायो

नेपालखबर
चैत २८, २०८१ बिहिबार १२:२८, काठमाडौँ

बलिउडमा केही यस्ता फिल्महरू छन् जुन वर्षौं पछि पनि मानिसहरूको मनमा ताजा रहन्छन्। त्यस्तै, एउटा फिल्म- हो  ‘दिल’।

सन् १९९० मा रिलिज भएको यस फिल्ममा आमिर खान र माधुरी दीक्षित पहिलोपटक जोडीको रुपमा देखिए। त्यतिबेला दुवैले आफ्नो करियर बलियो बनाउन खोजिरहेका थिए। र, ‘दिल’ उनीहरूको लोकप्रियता मात्र बढाएन बक्स अफिसमा पनि हलचल मच्चायो।

आमिर खानले सन् १९८८ मा ‘कयामत से कयामत तक’ बाट ब्लकबस्टर डेब्यू गरेका थिए भने माधुरी दीक्षितले सन् १९८८ को ब्लकबस्टर फिल्म ‘तेजाब’ बाट पहिचान पाइन्। तर यी हिट फिल्महरू दुवैले केही अवरोधको सामना गर्नुपर्‍यो। आमिर र माधुरीका पछिल्ला केही फिल्महरूले बक्स अफिसमा खासै कमाल गर्न सकेनन्। 

यस्तो अवस्थामा १९९० मा रिलिज भएको ‘दिल’ ले फेरि एक पटक दुवैको करिअरलाई नयाँ उचाइमा पुर्‍यायो। इन्द्र कुमार निर्देशित यस फिल्ममा आमिर र माधुरीको केमेस्ट्रीले दर्शकको मन जित्यो। 

फिल्ममा सईद जाफरी र अनुपम खेर जस्ता दिग्गज कलाकारहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेका थिए। कथा एक धनी केटी र एक मध्यमवर्गीय केटाको प्रेमकथामा आधारित थियो, जुन दर्शकहरूले धेरै मन पराए।

रोचक कुरा के छ भने, ‘दिल’ को बजेट केवल २ करोड भारतीय रुपैयाँ थियो। तर, यसले बक्स अफिसमा लगभग १७ करोड भारु रुपैयाँ कमाएको थियो। बजेटभन्दा आठ गुणा बढी कमाई गरेको यो फिल्म वर्षकै धेरै कमाउने फिल्म बन्यो। फिल्मका गीतहरू पनि उत्तिकै हिट साबित भए, जसले गर्दा यसको लोकप्रियता अझ बढ्यो।
 
९० को दशकको सबैभन्दा यादगार फिल्ममा पर्छ, जसले दुई स्टारको करिअरलाई मात्र बलियो बनाएन, आमिर र माधुरीको जोडीलाई बलिउडको सबैभन्दा मनपर्ने जोडी मध्ये एक बनायो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad