ग्लोबल


२०१८ पछि इरान र अमेरिकाबीच आणविक वार्ता, के भयो कुरा?

२०१८ पछि इरान र अमेरिकाबीच आणविक वार्ता, के भयो कुरा?

नेपालखबर
चैत ३१, २०८१ आइतबार ७:४४, काठमाडौँ

ओमानको मध्यस्थतामा शनिबार (अप्रिल १२) इरान र अमेरिकाबीच आणविक कार्यक्रमका विषयमा अप्रत्यक्ष वार्ता भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई देशका प्रतिनिधिमण्डलबीच ओमानको राजधानी मस्कटमा अप्रत्यक्ष वार्ता भएको हो। 

इरानको आणविक कार्यक्रमका सम्बन्धमा २०१८ पछि दुई देशबीच भएको यो उच्चस्तरीय बैठक हो।

दुवै देशले यो पहिलो चरणको बैठकलाई 'रचनात्मक' भनेका छन्। दोस्रो चरणको छलफल अर्को हप्ता गर्ने बताएका छन्। 

अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले गरेका थिए भने इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानका विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए। 

बैठक छुट्टाछुट्टै कोठामा आयोजना गरिएको थियो, जसमा ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल-बुसैदीमार्फत दुवै देशका प्रतिनिधिलाई सन्देश पठाइएको थियो।

यद्यपि बुसैदीको उपस्थितिमा अराग्ची र विटकफले केही मिनेट कुराकानी गरे।

वार्तापछि अब्बास अराघचीले इरानी सरकारी टीभीसँग भनेका छन्, ‘मेरो विचारमा पहिलो बैठकका रूपमा यो रचनात्मक बैठक थियो, जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा सम्पन्न भयो। किनभने कुनै अनुपयुक्त भाषा प्रयोग गरिएको थिएन।’

ह्वाइट हाउसले पनि विज्ञप्ति जारी गरी वार्ता 'धेरै सकारात्मक र रचनात्मक' रहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad