ग्लोबल


भारतद्वारा पाकिस्तान सरकारको एक्स अकाउन्ट ब्लक

भारतद्वारा पाकिस्तान सरकारको एक्स अकाउन्ट ब्लक

फाइल तस्बिर: पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी।


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १३:४७, काठमाडौँ

भारतले पाकिस्तानविरुद्ध अर्को कारबाही गरेको खबर सार्वजनिक भएको छ। 

हिन्दुस्तानका अनुसार भारतमा पाकिस्तान सरकारको एक्स अकाउन्ट ब्लक गरिएको हो।

केन्द्र सरकारको अनुरोधमा कम्पनीले यो निर्णय गरेको समाचारमा उल्लेख छ। 

मंगलबार अर्थात् अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमलापछि भारतले पाकिस्तानप्रति शंका गर्दै उसविरुद्ध विभिन्न निर्णय गरिरहेको छ। 

बुधबार मात्र भारत सरकारले सिन्धु जल सन्धि निलम्बनसहित पाकिस्तानविरुद्ध प्रमुख ५ कारबाही गर्ने निर्णय गरेको छ।

यद्यपि भारतले पाकिस्तान सरकारको एक्स अकाउन्टमा रोक लगाएको यो पहिलोपटक होइन, मार्च २०२३ मा पनि यस्तो प्रतिबन्ध लगाएको थियो। 

इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले कम्पनी एक्सलाई भारतमा पाकिस्तान सरकारको खाता ब्लक गर्न भनेको थियो।

विशेष कुरा के छ भने भारतले जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको दोस्रो दिन यो कदम चालेको हो।

मंगलबार भएको आक्रमणमा एक नेपालीसमेत २८ पर्यटकको मृत्यु भएको थियो। आक्रमणमा पाकिस्तानी आतंककारीहरूको संलग्नता हुन सक्ने आशंका गरिएको छ। 

भारतले बुधबार साँझ सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) बैठक राखेर पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन, अटारी सीमा बन्द, पाकिस्तानी नागरिकलाई भारत प्रवेश गर्ने अनुमति रद्द गर्दै पाकिस्तानीहरूलाई २४ घण्टाभित्र भारत छाड्न निर्देशन दिने निर्णय गरेको  छ।

यसैगरी दिल्लीस्थित पाकिस्तानी दूतावासमा रहेका सैन्य सहचारीहरूलाई पनि एक हप्ताभित्र भारत छाड्न भनिएको छ। साथै पाकिस्तानी दूतावासको जनशक्ति ६६ बाट ३० मा घटाउने निर्णय पनि भारतले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad