ग्लोबल


पाकिस्तानी हिन्दुहरूको भिसामा भारतको फरक नीति

पाकिस्तानी हिन्दुहरूको भिसामा भारतको फरक नीति

नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार ८:२५, काठमाडौँ

पहलगाम आक्रमणपछि सबै पाकिस्तानी नागरिकको भिसा रद्द गरेको भारतले पाकिस्तानी हिन्दुहरूको दीर्घकालीन भिसा (एलटीभी) सम्बन्धी स्पष्टीकरण जारी गरेको छ।

भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, ‘रद्द गरिएको भनिएका भिसा पाकिस्तानका हिन्दु नागरिकलाई पहिले नै दिइएको एलटीभीमा लागु हुँदैन। यी भिसा अझै पनि मान्य छन्।’

यसअघि विदेश सचिव विक्रम मिश्रीले बुधबार अब पाकिस्तानी नागरिकहरूले सार्क भिसा छुट योजना (एसभीईएस) अन्तर्गत जारी गरिएको भिसाका आधारमा भारत यात्रा गर्न नपाउने बताएका थिए। 

उनले भनेका थिए, ‘एसभीईएसअन्तर्गत पाकिस्तानी नागरिकहरूलाई पहिले जारी गरिएको भिसा रद्द मानिनेछ। एसभीईएसअन्तर्गत भारतमा रहेका सबै पाकिस्तानी नागरिकले ४८ घण्टाभित्र भारत छाड्नुपर्नेछ।’

मंगलबार (अप्रिल २२) जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु र धेरै घाइते भएपछि भारतले यो कदम चालेको हो।

पहलगाम हमलापछि भारत र पाकिस्तानबीच तनाव  बढेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad