ग्लोबल


अशान्त जम्मु-कश्मीर, आतंककारी र सुरक्षा बलबीच मुठभेड जारी

अशान्त जम्मु-कश्मीर, आतंककारी र सुरक्षा बलबीच मुठभेड जारी

भारतीय सेना


नेपालखबर
बैशाख १२, २०८२ शुक्रबार १०:४०, काठमाडौँ

भारत प्रशासित राज्य जम्मु-कश्मीरको बान्दीपोरामा अहिले आतंककारी र सुरक्षा बलबीच मुठभेड भइरहेको छ। 

भारतीय सेनाको चिनार कोर्प्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मुठभेड जारी रहेको जानकारी दिएको हो। 

पोस्टमा भनिएको छ, ‘आतंककारीहरूको उपस्थितिबारे विशेष सूचनाका आधारमा भारतीय सेना र जम्मु-कश्मीर प्रहरीले बन्दीपोराको कोल्नेर अजस क्षेत्रमा संयुक्त खोजी अभियान सुरु गरेको छ।’

सेनाका अनुसार आतंकवादीहरूसँग मुठभेड जारी छ।

यसअघि बिहीबार जम्मु-कश्मीरको उधमपुरमा सुरक्षाबल र आतंककारीहरूबीच भएको भिडन्तमा एक सैनिक मारिएका थिए।

मंगलबार जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमला हुँदा २६ जना मारिएका थिए। 

तर कतिपय भारतीय सञ्चारमाध्यमले मारिएकाको संख्या २८ पनि उल्लेख गरिरहेका छन्।

जसमा नेपाली युवा सुदीप न्यौपाने पनि छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad