जम्मु-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाबारे छलफल गर्न उपराज्यपाल मनोज सिन्हाले अप्रिल २८ का लागि विधानसभाको एकदिने विशेष सत्र बोलाएका छन्।
एक आदेशमा उनले भनेका छन्, ‘म, केन्द्र शासित प्रदेश जम्मु-कश्मीरका उपराज्यपाल मनोज सिन्हा, जम्मु-कश्मीर पुनर्गठन अधिनियम, २०१९ को धारा १८(१) अन्तर्गत मलाई दिइएको अधिकार प्रयोग गर्दै २८ अप्रिल, २०२५ सोमबार बिहान १०:३० बजेका लागि जम्मुमा जम्मु-कश्मीर विधान सभाको बैठक बोलाउँछु।’
जम्मु-कश्मीरका अधिकारीहरूले आक्रमणपछि विभिन्न मुद्दामा छलफल गर्न विधानसभाको सत्र बोलाइएको बताएका छन्।
मंगलबार पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।
150
Shares

प्रतिक्रिया