क्रिश्चियन क्याथोलिक धर्मगुरु पोप फ्रान्सिसको अन्त्येष्टि संस्कार लगभग पूरा भएको छ।
यसैबीच युक्रेनका अधिकारीहरूले सेन्टर पिटर्स स्क्वायरभित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँगै बसिरहेकोको तस्बिर जारी गरेका छन्।
तस्बिरमा उनीहरू आमनेसामने बसेका छन् र गहिरो अनौपचारिक कुराकानीमा व्यस्त देखिन्छन्।
यो तस्बिर जेलेन्स्कीको कार्यालय प्रमुख आन्द्रेई येर्माकले जारी गरेका हुन्।
पोप फ्रान्सिसको पार्थिव शरीरलाई सेन्ट पिटर बासिलिकाबाट हटाएर सेन्ट पिटर स्क्वायरमा राखिएको छ, जहाँ प्रार्थना सभा आयोजना गरिएको छ।
पोप फ्रान्सिसको अन्त्येष्टिमा विश्वभरका नेताहरू रोम आइपुगेका छन्।
372
Shares

प्रतिक्रिया