जम्मु-कश्मीरमा २६ जना मारिने गरी भएको आतंकवादी हमलायता भारतीय सुरक्षा बलले त्यस क्षेत्रमा सर्च अभियान सञ्चालन गरिरहेको छ।
दैनिक भास्करका अनुसार यस क्रममा अहिलेसम्म सुरक्षा बलले ८ जनाको घर भत्काइदिएको छ। ती व्यक्ति आतंककारी भएको आरोप लगाइएको छ।
अर्कतर्फ केन्द्र सरकारले सबै मिडिया प्लेटफर्म, समाचार एजेन्सी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई रक्षा अपरेसनको प्रत्यक्ष कभरेज गर्न र सुरक्षा अभियानको विस्तृत देखाउन प्रतिबन्ध लगाएको छ।
कुलगाममा आतंककारीको सहयोगी भएको आरोपमा २ जनालाई पक्राउ गरिएको छ।
जम्मु-कश्मीरमा सक्रिय १४ आतंककारी भन्दै सुरक्षा बलले सूची पनि जारी गरेको छ।
उता गुजरातमा पनि अवैध रूपमा भारत आएको आरोपमा ५०० जना पक्राउ गरिएको समाचार सार्वजनिक भएको छ।
678
Shares

प्रतिक्रिया