समाज


प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै

प्रधानन्यायाधीश राउत १० दिने भ्रमणका लागि बेलायत जाँदै

फाइल तस्बिर


नेपालखबर
बैशाख १४, २०८२ आइतबार ८:१०, काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत आज बेलायत भ्रमणमा जाँदै छन्।

दस दिने भ्रमणका लागि राउत आज प्रस्थान गर्दै छन्। उनी नेतृत्वको टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल, उच्च अदालतका न्यायाधीशद्वय रितेन्द्र थापा र हेमन्त रावल हुनेछन्। यस्तै सर्वोच्चका रजिस्ट्रार विमल पौडेल पनि भ्रमण टोलीमा रहनेछन्।

यसअघि वैशाख ११ गते नै प्रधानन्यायाधीश राउत विदेश भ्रमणमा निस्कन लागेका थिए। पहिला टर्की जाने र त्यसपछि बेलायतको भ्रमण गर्ने उनको तालिका थियो। तर टर्कीको भ्रमण अन्तिम समयमा रद्द भएको थियो। टर्कीमा भूकम्प गएका कारण उनको भ्रमण रद्द भएको भनिए पनि सर्वोच्चले आधिकारिक जानकारी भने केही सार्वजनिक गरेको छैन।

यसपालि भने प्रधानन्यायाधीश राउत टर्कीको स्तानबुलमा ट्रान्जिट मात्र गर्नेछन्। त्यहाँको विमानस्थलबाट सिधै लन्डन प्रस्थान गर्नेछन्। स्तानबुलमा कुनै औपचारिक कार्यक्रम नरहेको सर्वोच्चका एक अधिकारीले जानकारी दिए।

राउत नेतृत्वको टोली वैशाख २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad