पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावका बीच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ।
भारतीय नौसेनाले यस अभ्यासमा भारतीय युद्धपोतहरूले लामो दूरीमा सटिक आक्रमण गरेर दुस्मन जहाजलाई डुबाएको बताएको छ।
भारतीय नौसेनाका प्रवक्ताले भने, ‘भारतीय नौसेना जहाजहरूले लामो दूरीको सटिक प्रहारको लागि प्लेटफर्म, उपकरण र चालक दलको तयारीलाई पुन: प्रमाणित गर्न र प्रदर्शन गर्न धेरै सफल एन्टी-सिप मिसाइलहरू प्रहार गरे।’
नौसेनाका प्रवक्ताले अभ्याससँग सम्बन्धित केही तस्बिर र भिडिओ जारी गरेका छन्।
क्याप्सनमा लेखेका छन्, ‘भारतीय नौसेना जुनसुकै ठाउँ, समय र तरिकाले देश हितको रक्षा गर्न तयार छ।’
— SpokespersonNavy (@indiannavy) April 27, 2025#IndianNavy Ships undertook successful multiple anti-ship firings to revalidate and demonstrate readiness of platforms, systems and crew for long range precision offensive strike.#IndianNavy stands #CombatReady #Credible and #FutureReady in safeguarding the nation’s maritime… pic.twitter.com/NWwSITBzKK
Shares

प्रतिक्रिया