क्यानडाको भ्यानकुभरमा एउटा कारले भिडमा ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ।
बीबीसीका अनुसार यो घटना आइतबार लापु-लापु दिवस मनाउने क्रममा भएको हो।
भ्यानकुभर प्रहरीका कार्यवाहक प्रहरी प्रमुख स्टिभ रायका अनुसार यस घटनामा मारिनेहरूमा पुरुष र महिला दुवै रहेको बताएका छन्। यो संख्या अझै बढ्न सक्छ।
रायले घटना अनुसन्धानमा १०० भन्दा बढी प्रहरी अधिकारी खटिरहेको बताएका छन्।
उनीहरूले घटनास्थलबाट प्रमाण संकलन तथा प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरिरहेका छन्।
यस घटनामा संलग्न ३० वर्षीय संदिग्धलाई प्रहरीले पक्राउ गरिसकेको छ।
प्रारम्भिक अनुसन्धानबाट उनमा मानसिक स्वास्थ्यसम्बधी समस्या रहेको पत्ता लागेको छ।
रायले अहिलेसम्मको अनुसन्धानले यो घटना आतंकवादी हमला नभएको देखाएको बताएका छन्।
भ्यानकुभर सिटी काउन्सिलर पिटर फ्राईले आफ्नो सहरमा यसअघि यस्तो दुखद घटना कहिल्यै नभएको बताए।
फिलिपिन्समा हरेक वर्ष अप्रिल २७ मा लापु-लापु दिवस मनाइन्छ।
लापु-लापु एक राष्ट्रिय नायक थिए जसले स्पेनी उपनिवेशवादको विरुद्धमा बोलेका थिए।
Shares

प्रतिक्रिया