ग्लोबल


आतंकवादविरुद्ध लड्न मोदीले दिए तीनै सेनालाई स्वतन्त्रता

आतंकवादविरुद्ध लड्न मोदीले दिए तीनै सेनालाई स्वतन्त्रता

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार २०:५३, काठमाडौँ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आतंकवादविरुद्ध लड्न देशका तीनै सेनालाई स्वतन्त्रता दिएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले भने, 'आतंकवादलाई उचित प्रहार गर्नु हाम्रो राष्ट्रिय संकल्प हो। हामीलाई भारतीय सशस्त्र बलको व्यावसायिक क्षमतामा पूर्ण विश्वास छ। आतंकवादविरुद्ध कारबाहीका विधि, लक्ष्य र समय सेनाले तय गर्नुपर्छ।'

प्रधानमन्त्री मोदीले मंगलबार तीन सेनाका प्रमुख, एनएसए अजित डोभाल, सीडीएस अनिल चौहानसँगको उच्चस्तरीय बैठकमा यो कुरा बताएका हुन्। बैठक डेढ घण्टाभन्दा बढी समय चलेको थियो।

स्रोतका अनुसार बैठकको आधा घण्टापछि गृहमन्त्री अमित शाह र आरएसएस प्रमुख मोहन भागवत प्रधानमन्त्री निवास पुगेका थिए।

अप्रिल २२ मा पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी हमलामा २६ पर्यटकको मृत्यु भएको थियो। जबकि १० जनाभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad