दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक सुले पदबाट राजीनामा दिएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हानले बिहीबार प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपति दुवै पदबाट राजीनामा दिएका हुन्।
देश र जनताका लागि ठूलो जिम्मेवारी लिन तत्काल पदबाट राजीनामा दिएको उनले बताएका छन्।
उनलेे भनेका छन्, 'देशका लागि ठूलो जिम्मेवारी वहन गर्ने उद्देश्यले मैले यो निर्णय लिएको छु।'
हानले आगामी जुनमा हुने आम निर्वाचनमा उम्मेदवारी दिन अहिले पदबाट राजीनामा दिएको बताइएको छ।
हानले राजीनामा दिएपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री चोई साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल महाभियोगबाट पदच्युत भएपछि हान तत्कालीन प्रधानमन्त्री हान कार्यवाहक उपराष्ट्रपति बनेका थिए।
राष्ट्रपति योलले गत डिसेम्बर ३ मा देशमा सैनिक कानुन लागू गर्ने घोषणा गर्ने असफल प्रयास गरेपछि दक्षिण कोरियाली संसद्ले महाभियोग लगाएपछि उनी पदबाट निलम्बन भएका थिए।
यसपछि संवैधानिक अदालतले पनि अप्रिल ४ मा महाभियोग सदर गरेपछि उनी पदबाट बर्खास्तै भएका थिए।
दक्षिण कोरिया राष्ट्रपतिविहीन भएपछि त्यसको ६० दिनभित्र चुनाव गराउनुपर्ने प्रावधानअनुसार तत्कालीन कार्यवाहक राष्ट्रपति हानले आगामी जुन ३ मा राष्ट्रपति निर्वाचन गर्ने घोषणा गरिसकेका छन्।
Shares

प्रतिक्रिया