ग्लोबल


गाजा जाँदै गरेको जहाजमा ड्रोन आक्रमण, इजरायललाई आरोप

गाजा जाँदै गरेको जहाजमा ड्रोन आक्रमण, इजरायललाई आरोप

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १९:४६, काठमाडौँ

माल्टाको तटनजिकै अन्तर्राष्ट्रिय जल क्षेत्रमा एउटा जहाजमाथि आक्रमण भएको छ। गाजा जाँदै गरेको यो जहाजमा इजरायलले आक्रमण गरेको आरोप लागेको छ।

गैरसरकारी संस्था फ्रिडम फ्लोटिला कोएलिसनले आफ्नो जहाज, द कन्सेन्सलाई शुक्रबार स्थानीय समय अनुसार ००:२३ बजे निशाना बनाइएको र आक्रमणलगत्तै एसओएस सिग्नल जारी गरिएको बताएको छ।

फ्लोटिला जहाजबाट पठाइएको यो संकटकालीन कलको रेकर्डिङ बीबीसीसँग छ। यो नजिकैको तेल ट्याङ्करमा रहेका चालक दलका सदस्यले रेकर्ड गरेका थिए।

यसमा फ्लोटिला जहाजका कप्तानले ड्रोन आक्रमण र जहाजमा भएको आगलागीबारे जानकारी गराएको स्पष्ट रूपमा सुन्न सकिन्छ।

माल्टा सरकारले जहाजमा रहेका सबै यात्रु सुरक्षित रहेको र जहाजमा लागेको आगो रातारात नियन्त्रण गरिएको बताएको छ।

गैरसरकारी संस्थाले 'अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन, नाकाबन्दी र नागरिक जहाजमा बम विस्फोट'बारे जवाफका लागि इजरायली राजदूतहरूलाई बोलाउन आह्वान गरेको छ।

इजरायली सेनाले आक्रमणको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad