अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार वर्तमान प्रधानमन्त्री एन्थोनी अल्बानिजले दोस्रोपटक आम चुनाव जितेका छन्।
एन्थोनी अल्बानीजको लेबर पार्टीले चुनावमा बहुमत हासिल गरेर गठबन्धनबिनै अर्को सरकार बनाउनेछ।
यो चुनाव अस्ट्रेलियाका वर्तमान प्रधानमन्त्री अल्बानिज र विपक्षी नेता पिटर डटनबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो।
डटनले हार स्वीकार गरे र अल्बानिजलाई फोन गरेर बधाई दिएका छन्।
लिबरल-नेसनल गठबन्धनका उम्मेदवार पिटर डटनले ब्रिस्बेनको डिक्सनको आफ्नो सिट लेबरका अली फ्रान्ससँग हारे।
आफ्नो विजयपछि अल्बानिजले भने, ‘अस्ट्रेलियालीहरू! तपाईंहरूको प्रधानमन्त्रीका रूपमा सेवा गर्नु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो।’
‘आज अस्ट्रेलियालीहरूले अस्ट्रेलियाली मूल्य-मान्यता, निष्पक्षता, आकांक्षा र अवसरका पक्षमा मतदान गरेका छन्’, उनले थपे।
अल्बानिजले आइतबारदेखि काममा फर्कने बताएका छन्।
एन्थोनी अल्बिनिज लेबर पार्टीका नेता हुन् र २उनी ०२२ देखि अस्ट्रेलियाको प्रधानमन्त्री छन्।
उनी झन्डै ३० वर्षदेखि सांसद छन्।
सत्तामा आएपछि एन्थोनी अल्बानिजले निकै लोकप्रियता हासिल गरे, तर हालसालै आवास, आदिवासी, यहुदी र इस्लामोफोबियाजस्ता मुद्दामा दबाबको सामना गर्नुपरेको छ।
अस्ट्रेलियामा मतदाताहरूले प्रत्यक्ष रूपमा प्रधानमन्त्रीलाई मतदान नगरी सांसदहरूलाई गर्छन्।
अनि सबैभन्दा बढी सिट पाउने दलको नेता प्रधानमन्त्री बन्छ।
Shares

प्रतिक्रिया