ग्लोबल


पाकिस्तानी महिलासँग बिहे गरेपछि भारतीय प्रहरी जवान बर्खास्त

पाकिस्तानी महिलासँग बिहे गरेपछि भारतीय प्रहरी जवान बर्खास्त

मुनिर अहमद दम्पती


नेपालखबर
बैशाख २१, २०८२ आइतबार ७:१५, काठमाडौँ

पाकिस्तानी महिलासँग विवाह गरेपछि भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले जवान मुनिर अहमदलाई जागिरबाट बर्खास्त गरेको छ।

सीआरपीएफको ४१औँ बटालियनका सिपाही मुनिर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेको आरोप छ।

उनले मिनलको भिसा सकिएपछि पनि उनलाई अवैध रूपमा भारतमा राखेको दाबी छ।

सीआरपीएफले भन्यो- मुनिर अहमदलाई सेवा आचरण र राष्ट्रिय सुरक्षाको लागि खतरा मानिएको छ। उनले भिसा नियम उल्लंघन गरेर मिनललाई भारतमा आश्रय दिए।

मिनल मार्च २०२५ मा छोटो अवधिको भिसामा भारत आएकी थिइन्। उनले दीर्घकालीन भिसाका लागि आवेदन दिएकी छन्, जुन गृह मन्त्रालयमा विचाराधीन छ।

अप्रिल २२ मा पहलगाम आतंकवादी हमलापछि भारत सरकारले सबै पाकिस्तानी नागरिकको भिसा निलम्बन गरेको छ। पाकिस्तानी महिला मिनल खानलाई पनि देश छोड्न सूचना दिइएको थियो। 

दैनिक भास्करका अनुसार सीआरपीएफ जवानले आफ्नी श्रीमतीलाई देशनिकालाबाट रोक्न जम्मुको भालवाल अदालतमा अपिल दायर गरेका थिए। जसअनुसार मिनलले मे २०२४ मा मुनिर खानसँग अनलाइन विवाह गरेकी हुन्।

मुनिर अहमदको परिवार जम्मु-कश्मीरको भलवालको राब्ता तहसिल नजिकैको हन्डवाल गाउँमा बस्छ। 

अदालतको आदेशपछि मिनललाई देश निकाला गरिएको थिएन, तर यो विषय मिडियामा आएपछि सीआरपीएफले मुनिरलाई जागिरबाट हटाएको हो।

मिनलले भनिन्- हामी निर्दोष छौँ, आतंकवादसँग हाम्रो कुनै सम्बन्ध छैन 

मिनललाई अप्रिल ३० मा पाकिस्तान निर्वासनको लागि लगिँदै थियो। त्यतिबेला मीनलले भनेकी थिइन्- हामी सबै आतंकवादी हमलाको निन्दा गर्छौं, तर निर्दोष मानिसहरूलाई सजाय दिनु कहाँको न्याय हो?

उनले भनिन्- मैले समयमै भिसाको म्याद बढाउन आवेदन दिएको थिएँ। हामीलाई भनिएको थियो- स्वीकृति दिइनेछ, तर अब हामी श्रीमान्-श्रीमती अलग गरिँदै छ। धेरै बालबालिका आफ्ना आमाबाबुबाट अलग भइरहेका छन्। यो अमानवीय छ।

मिनलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई न्यायका लागि अपिल पनि गरेकी थिइन् र आतंकवादका नाममा निर्दोष मानिसहरूलाई सजाय दिनु ठिक नभएको बताएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad