ग्लोबल


निरन्तर १५ घण्टा पत्रकार सम्मेलन गरेर मुइज्जुले तोडे जेलेन्स्कीको विश्व रेकर्ड (भिडिओ)

निरन्तर १५ घण्टा पत्रकार सम्मेलन गरेर मुइज्जुले तोडे जेलेन्स्कीको विश्व रेकर्ड (भिडिओ)

नेपालखबर
बैशाख २१, २०८२ आइतबार १३:५२, काठमाडौँ

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले लगातनार झन्डै १५ घण्टा सम्म पत्रकार सम्मेलन गरी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको रेकर्ड तोडेको उनको कार्यालयले जनाएको छ।

उनले स्थानीय समयानुसार शनिबार बिहान १० बजे सुरु गरेको पत्रकार सम्मेलन निरन्तर १४ घण्टा ५४ मिनेटसम्म गरेका हुन्। 

‘राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ’, विज्ञप्तिमा भनिएको छ।
 
सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका प्रभावशाली नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेको दाबी गरेको थियो।

मालदिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ।

उनले समाजमा प्रेसको महत्त्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्त्वमा जोड दिएका छन्। 

लामो सत्रको दौडान मुइज्जुले पत्रकारमार्फत नागरिकका प्रतिनिधिले गरेका प्रश्नको जवाफ पनि दिएका थिए।

सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशन गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औँ स्थानमा पुग्न सफल भएको छ।

शनिबारको सत्रमा उनले पत्रकार र उनीहरूमार्फत जनताका प्रश्नमा जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ।

२४ जनाभन्दा बढी पत्रकार सहभागी पत्रकार सम्मेलनभन्दा पहिले मुइज्जुका पूर्ववर्तीले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलोपटक ‘पानीमुनि मन्त्रिपरिषद्को बैठक’ आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए।  

पूर्वराष्ट्रपति मोहम्मद नसिदले हिन्द महासागरको पानीमुनि मन्त्रिपरिषद्को बैठक आयोजना गरेका थिए भने यसको राष्ट्रिय टेलिभिजनद्वारा प्रत्यक्ष प्रशारण गरिएको थियो।

माल्दिभ्स समुद्रको सतह बढाउनसक्ने ग्लोबल वार्मिङविरुद्धको लडाइँको अग्रपंक्तिमा छ र विश्वव्यापी तपक्रम वृद्धिले भूमध्यरेखामा छरिएर रहेका एक हजार १९२ साना कोरल टापुको देशलाई दलदलमा पार्न सक्ने जोखिम छ। 

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad