ग्लोबल


जेलेन्स्कीको आक्रोश: रुसलाई कडा प्रतिबन्ध नलगाई युद्ध अन्त्य गर्दैन

जेलेन्स्कीको आक्रोश: रुसलाई कडा प्रतिबन्ध नलगाई युद्ध अन्त्य गर्दैन

नेपालखबर
बैशाख २२, २०८२ सोमबार ८:४, काठमाडौँ

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा दबाब नदिईकन रुसले युद्ध अन्त्य नगर्ने बताएका छन्। 

उनले आइतबार रुसविरुद्ध कडा प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका हुन्।

‘आज (आइतबार) ५४औँ दिन भइसक्यो, रुसले पूर्ण युद्धविरामका लागि अमेरिकाले गरेको प्रस्तावलाई बेवास्ता गरेको’, जेलेन्स्कीले एक्समा लेखेका छन्।

उनले जुनसुकै बेला युद्धविराम सम्भव रहेको तर यसका लागि तीन कुरा आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘तीनवटा कुरा आवश्यक छ: रूसमाथि कडा प्रतिबन्ध, युक्रेनलाई निरन्तर समर्थन र युरोपभरि बढ्दो रक्षा सहयोग। रुसले जान्न जरुरी छ- युरोपेलीहरू आफ्नो रक्षा गर्न सक्षम छन्।’ 

यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आइतबार (मे ४) चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेलसँग भेटवार्ता गरेका छन्।

रोयटर्सको रिपोर्टअनुसार प्रागमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रुसलाई दबाब दिन अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad