ग्लोबल


पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्ने एयरलाइन्स ग्रुप लुफ्थान्साको निर्णय

पाकिस्तानी हवाई क्षेत्र प्रयोग नगर्ने एयरलाइन्स ग्रुप लुफ्थान्साको निर्णय

नेपालखबर
बैशाख २२, २०८२ सोमबार २१:२३, काठमाडौँ

एयरलाइन्स ग्रुप लुफ्थान्साले आफ्ना एयरलाइन्सले अनिश्चितकालसम्म पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्ने बताएको छ। 

जसले गर्दा एसियाबाट केही उडानमा लामो समय लाग्ने बताइएको छ।

एयरलाइन्स ग्रुप लुफ्थान्साले विज्ञप्ति जारी गरी भनेको छ,‘हामी सबै यात्रुलाई उडान गर्नुअघि एप र वेबसाइटमा आफ्ना टिकट र यात्रा जानकारी जाँच गर्न आग्रह गर्दछौँ।’

‘लुफ्थान्सा समूहले सबै घटनाक्रमको निगरानी गरिरहेको छ। लुफ्थान्सा समूहको प्राथमिकता यसका सबै एयरलाइन्सको सुरक्षा गर्नु हो।’

लुफ्थान्सा समूहमा लुफ्थान्सा एयरलाइन्स, अस्ट्रियन एयरलाइन्स, ब्रसेल्स एयरलाइन्स, आईटीए एयरवेज, युरोविंग्स र डिस्कभर एयरलाइन्सजस्ता धेरै प्रमुख एयरलाइन्स समावेश छन्।

लुफ्थान्सा समूहको यो निर्णय भारत र पाकिस्तानबीच तनाव बढिरहेका बेला आएको हो।

कश्मीरको पहलगाममा भएको आक्रमणपछि दुवै देशले एकअर्काका उडानका लागि आफ्ना हवाई क्षेत्र बन्द गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad