ग्लोबल


भारतको त्रासमा पाकिस्तान, रक्षामन्त्री भन्छन्ः कुनै पनि बेला गर्न सक्छ सैन्य आक्रमण

भारतको त्रासमा पाकिस्तान, रक्षामन्त्री भन्छन्ः कुनै पनि बेला गर्न सक्छ सैन्य आक्रमण

नेपालखबर
बैशाख २३, २०८२ मंगलबार १३:४०, काठमाडौँ

पहलगाम आक्रमणपछि पाकिस्तान भारतले सैन्य आक्रमण गर्ने त्रासमा छ।

पाकिस्तानका सूचनामन्त्री अता तरारपछि फेरि रक्षामन्त्री ख्वाजा आसिफले भारतले आफ्नो देशमा कुनै पनि बेला हमला गर्न सक्ने आशंका व्यक्त गरेका छन्। 

आसिफले भनेका छन्- भारतले कुनै पनि समय नियन्त्रण रेखा (एलओसी) मा सैन्य आक्रमण गर्न सक्छ।

भारतीय सञ्चारमाध्यमका अनुसार इस्लामाबादमा पत्रकारहरूसँग कुरा गर्दै ख्वाजा आसिफले उक्त दाबी गरेका हुन्।

यस क्रममा उनले पाकिस्तानी सेना तयार रहेको र भारतका कुनै पनि आक्रमणको जवाफ दिइने पनि बताए।

ख्वाजाले यसअघि पनि भारतलाई आणविक आक्रमणको धम्की दिएका थिए।

ख्वाजाअघि पाकिस्तानका सूचनामन्त्री अता तरारले गत हप्ता आगामी २४ देखि ३६ घण्टाभित्र भारतले सैन्य आक्रमण गर्न सक्ने बताएका थिए।

तर उनको दाबीअनुसार यस अवधिमा भारतले कुनै कारबाही गरेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad