भारत र पाकिस्तानबीचको तनावग्रस्त अवस्थालाई ध्यानमा राख्दै दुवै देशका केही क्षेत्रमा स्कुल र कलेज बन्द गरिएका छन्।
बीबीसी हिन्दीका अनुसार पाकिस्तानको राजधानी इस्लामाबाद र भारतको पन्जाब प्रान्तमा विद्यालयहरू बन्द गरिएका छन्।
कश्मीरबाट बीबीसीका शफत फारुकको रिपोर्टअनुसार कश्मीरका धेरै भागमा स्कुल र कलेज बन्द गरिएका छन्।
अधिकारीहरूले आज कश्मीरको जम्मु, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका सबै स्कुल, कलेज र शैक्षिक संस्थाहर बन्द रहने घोषणा गरेका छन्।
भारतले मध्यराति पाकिस्तानमा हवाई हमला गरेको छ।
1.0k
Shares

प्रतिक्रिया