कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले भारत र पाकिस्तान दुवै मुलुकका नेताहरुसँग कुरा गरेका छन्। उनले फोनमा भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफसँग कुरा गरेका छन्।
बुधबार कतारी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सोको जानकारी दिएको छ।
विज्ञप्तिमा उल्लेख भए अनुसार अल थानीले दुवै देशसँग उस्तै कुरा गरेका छन्। उनले विकसित अवस्थाप्रति कतारको गहिरो चिन्ता प्रकट गरेका छन्।
त्यस्तै, दुई देशबीच मतभेदका विषयलाई संवाद र शान्तिपूर्ण माध्यमबाट समाधान गर्ने अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रयासमा आफ्नो पूर्ण समर्थन रहने उनले जनाएका छन्।
पछिल्लो समय कतारले विश्वका विभिन्न द्वन्द्वमा सफलतापूर्वक मध्यस्थता गर्दै आएको छ। हमास र इजरायल मात्र होइन, युक्रेन युद्धमा पनि उसले भूमिका खेलेको छ। एजेन्सी
Shares

प्रतिक्रिया