ग्लोबल


पाकिस्तानले एउटा राफेल फाइटर खसाएको फ्रान्सेली अधिकारीद्वारा पुष्टि : सीएनएन

पाकिस्तानले एउटा राफेल फाइटर खसाएको फ्रान्सेली अधिकारीद्वारा पुष्टि : सीएनएन

नेपालखबर
बैशाख २४, २०८२ बुधबार २२:२७,

भारतले पाकिस्तानमाथि मंगलबार राति सैन्य कारबाही गरेसँगै गलत सूचनाको बाढी चल्यो। एकले अर्कोलाई कमजोर देखाउन अनेक दाबी र प्रतिदाबी चले। 

यही क्रममा पाकिस्तानले पाँचवटा भारतीय लडाकु विमान खसाएको दाबी गर्‍यो। तर, भारतीय अधिकारी‍हरूले त्यसको पुष्टि गरेनन्।

एक उच्च पदस्थ फ्रान्सेली गुप्तचर अधिकारीले सीएनएनसँग आफूले भारतलाई बेचेको एउटा राफेल विमान पाकिस्तानले खसाएको पुष्टि गरेका छन्। लडाइँमा सो अत्याधुनिक विमान खसेको यो पहिलो घटना हो।

यद्यपि, औपचारिक रुपमा फ्रान्सले यसबारे केही बताएको छैन।

सामाजिक सञ्जालमा भारत प्रशासित कस्मिरमा खसेको सो विमानको एउटा हिस्सा भाइरल पनि भएको छ।

पाकिस्तानले भने तीनवटा राफेलसहित ५ वटा विमान खसाएको दाबी गरेको थियो।

फ्रान्सेली कम्पनीले बनाएको विमान भारतले यसअघि ३६ वटा किनेको थियो। थप २६ वटा किन्ने सम्झौता पनि भइसकेको छ। एजेन्सी 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad