ग्लोबल


भारतका रक्षामन्त्री भन्छन्: हामीले हाम्रा निर्दोष नागरिक मार्नेहरूलाई मात्र मारेका हौँ

भारतका रक्षामन्त्री भन्छन्: हामीले हाम्रा निर्दोष नागरिक मार्नेहरूलाई मात्र मारेका हौँ

भारतका रक्षामन्त्री राजनाथ सिंह


नेपालखबर
बैशाख २४, २०८२ बुधबार २२:४०, काठमाडौँ

भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले पाकिस्तानविरुद्ध सचेततापूर्वक कारबाही गरेको दाबी गरेका छन्।

सीमा सडक संगठन (बीआरओ) को स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘हामीले हाम्रा निर्दोष मानिस मार्नेहरूलाई मात्र मार्‍यौँ।’

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा भारतीय सेनाले सबै भारतीय नागरिकलाई गौरवान्वित बनाएको बताए। 

उनले भारतीय सेनाले नयाँ इतिहास रचेको दाबी पनि गरे। 

रक्षामन्त्री सिंहले भने, ‘भारतीय सेनाले सटिक, सतर्क र संवेदनशीलताका साथ काम गर्‍यो। निर्धारित लक्ष्यहरूलाई सटिक र योजनाबद्ध योजनाअनुसार नष्ट गरियो। कुनै पनि नागरिक बसोबास गर्ने स्थान वा नागरिक प्रभावित नहोस् भनेर पनि संवेदनशीलता देखाइएको थियो।’

सिंहले रामायणको अशोक वाटिका प्रकरणको उल्लेख गर्दै भारतीय सेनाले हनुमानको आदर्शलाई पछ्याउने बताए। 

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंककारीले २६ जनाको हत्या गरेको बदलामा भारतले मंगलबार राति पाकिस्तानमा हवाई हमला गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad