जम्मु-कश्मीरको पुंछमा नियन्त्रण रेखामा पाकिस्तानले गरेको गोलाबारीबाट १५ जनाको मृत्यु र ४३ जना घाइते भएको भारतले जनाएको छ।
बीबीसी हिन्दीका अनुसार घाइतेमध्ये चार जनालाई जम्मु-कश्मीरको बारामुल्लामा रहेको एउटा अस्पतालमा ल्याइएको छ।
बदरदीन नाइक र उनको परिवारका दुई घाइते सदस्यको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
बुधबार बिहानै नियन्त्रण रेखानजिकै सलामाबादमा रहेको उनीहरूको घरनजिकै गोलाबारी भएको थियो।
आक्रमणमा परी नाइक र उनको ८ वर्षका बच्चाको टाउकोमा चोट लागेको छ।
नाइक भन्छन्, ‘हाम्रो घर ध्वस्त भयो, तर भाग्यवश हामी बाँच्यौँ।’
यस्तै १८ वर्षीय मन्जुर उरी आफ्नो घरको पहिलो तलामा सुतिरहेका थिए, त्यही बेला झ्यालबाट छर्रा पड्केर उनको हातमा लाग्यो।

डाक्टरहरूले उनको गोली हटाउन शल्यक्रिया गर्नुपर्ने बताएका छन्।
मंगलबार राति भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो।
जसमा २६ जना सर्वसाधारण मारिएको र ४६ जना घाइते भएको पाकिस्तानले बताएको छ।
Shares

प्रतिक्रिया