ग्लोबल


सर्वदलीय बैठकपछि भारतीय मन्त्रीले भने: पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी छ

सर्वदलीय बैठकपछि भारतीय मन्त्रीले भने: पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी छ

भारतका संसदीय मामिला मन्त्री किरण रिजिजु


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १४:७, काठमाडौँ

भारतका संसदीय मामिला मन्त्री किरण रिजिजुले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ जारी रहेको बताएका छन्। 

बिहीबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा दिल्लीमा बसेको सर्वदलीय बैठकपछि मन्त्री रिजिजुले अपरेसन सिन्दूर निरन्तर चलिरहने अपरेसन भएको प्रतिक्रिया दिएका हुन्। 

बैठक सकेर बाहिरिएपछि मन्त्री रिजिजुले भनेका छन्, ‘अपरेसन सिन्दूर एक निरन्तर अपरेसन हो।’

उनले रक्षामन्त्री सिंहको अध्यक्षतामा भएको सर्वदलीय बैठक राम्रोसँग सम्पन्न भएको जानकारी दिँदै बैठकमा  सबैले गम्भीरतापूर्वक आ-आफ्नो विचार राखेको बताए।

उनले भनेका छन्, ‘सबैभन्दा पहिले रक्षामन्त्रीले अपरेसन सिन्दूरबारे सबै नेताहरूलाई जानकारी गराउनुभयो। उहाँले उनीहरूलाई सम्पूर्ण परिस्थिति र सरकारको मनसायबारे बताउनुभयो विभिन्न दलका नेताहरूले पनि आफ्ना विचार राखे र केही सुझाव दिए।’

किरण रिजिजुले सबै नेताले भारतीय सेनाको हरेक कार्यमा समर्थन रहेको बताएको दाबी गरेका छन्। 

अप्रिल २२ मा जम्मु-कश्मीरको पहलगाममा आतंकवादी हमलामा २६ जना मारिएपछि भारतले यसमा पाकिस्तानको साथ रहेको आरोप लगाउँदै मंगलबार राति अपरेसन सिन्दूर भन्दै पाकिस्तानका ९ स्थानमा हवाई हमला गरेको थियो। 

जसमा २६ जना नागरिक मारिएको र ४६ जना घाइते भएको पाकिस्तानी सैन्य प्रवक्ताले बताएका छन्।

जवाफमा बुधबार बिहान पाकिस्तानले पनि कश्मीर क्षेत्रमा गरेको गोलाबारी गरेको र १५ जनाको मृत्यु तथा ४३ जना घाइते भएको भारतीय सेनाले जनाएको छ।

जसका कारण दुई देशबीच पूर्ण युद्धको खतरा देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad