जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाह आज (९ मे) बिहान जम्मु प्रस्थान गरेका छन्।
मुख्यमन्त्री अब्दुल्लाहले एक्समार्फत सो जानकारी दिएका हुन्।
उनले पोस्ट गरेका छन्, ‘हिजो (बिहीबार) राति जम्मु सहर र डिभिजनका अन्य भागमा पाकिस्तानी ड्रोन आक्रमण असफल भएपछिको अवस्थाको अवलोकन गर्न म अब जम्मु गइरहेको छु।’
Driving to Jammu now to take stock of the situation after last night’s failed Pakistani drone attack directed at Jammu city & other parts of the division. pic.twitter.com/8f8PLA6Vgg
भारतले बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।
3.3k
Shares

प्रतिक्रिया