भारतले चेनाब नदीमा बनेको सलाल बाँधका तीन ढोका खोलेको छ।
पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेपछि भारतले पाकिस्तानतर्फ बग्ने पानी रोक्न केही दिनअघि बाँधका ढोका बन्द गरिदिएको थियो।
अहिले बाँधका ढोका खोलिएपछि पाकिस्तानमा बाढीको खतरा बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यसअघि बिहीबार राति पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेसनहरूमा आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी भारतले गरेको छ। तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन्।
यसको भोलिपल्ट बिहानै चेनाब नदीमा बनेको बाँधका ढोका खोलिएको समाचार आएको हो।
भारतले बाँधका ढोका खोलिदिएपछि पाकिस्तानका तराईका क्षेत्र डुबानमा पर्ने खतरा रहेको जिन्युजले जनाएको छ।
#WATCH | Jammu and Kashmir: Latest visuals from Reasi's Salal Dam built on Chenab River; 3 gates of the dam are seen open.
(Visuals shot at 7.30 am) pic.twitter.com/D7trUZ4avi— ANI (@ANI) May 9, 2025
Shares

प्रतिक्रिया