सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ।
बैठक अहिले केही बेरमा सभाति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने कांग्रेसका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपट परिरहेका बेला कांग्रेसले पदाधिकारी बैठक राख्न लागेको हो।
कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन।
गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निश्चित भएको थियो।
तर, गभर्नर नियुक्ति प्रक्रिया अझै लम्बिने देखिएको छ। किनकि गभर्नरका प्रत्याशी राष्ट्र बैंककै कार्यकारी निर्देशक भट्टको राजीनामा बुधबारसम्म स्वीकृत नभएपछि दुई दलको योजना सफल नहुने देखिएको हो।
Shares

प्रतिक्रिया