भारत र पाकिस्तानबीच एकअर्काविरुद्ध सैन्य आक्रमण बढ्दै गएपछि जम्मु कश्मीर र आसपासका क्षेत्रमा त्रास फैलिएको छ।
यसैबीच प्रभावित जिल्लामा अलर्ट जारी गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पन्जाबको पठानकोटमा रेड अलर्ट जारी गरिएको छ। त्यहाँका सबै पसल बन्द गरिएका छन् भने प्रहरीले मानिसहरूलाई घरमै बस्न आग्रह गरेको छ।
यसैगरी बाडमेरमा पनि उच्च सतर्कता जारी गरिएको छ। सबै नागरिकलाई घरमै बस्न भनिएको छ। बजार र सार्वजनिक स्थानबाट टाढा रहन सुझाव दिइएको छ।
बाडमेरमा मिसाइलको टुक्रा फेला परेको छ। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
VIDEO | Unidentified projectile debris spotted in Rajasthan's Barmer, probe underway.
(Disclaimer: Deferred Visuals by unspecified time)#IndiaPakistan #IndianArmy pic.twitter.com/Zekj1n0DZ9 — Press Trust of India (@PTI_News) May 10, 2025
यस्तै जैसलमेरका मानिसहरूलाई पनि प्रहरीले घरबाहिर ननिस्कन आग्रह गरेको छ।
यसैगरी गुरदासपुरमा पनि भारत-पाकिस्तान युद्धको अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले सबै पसल बन्द गर्न निर्देशन दिएको छ भने अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ।
Shares

प्रतिक्रिया