भारतसँग युद्धविराम सम्झौता भएको केही घण्टामै पाकिस्तानले फेरि ड्रोन आक्रमण सुरु गरेको आरोप भारतीय सञ्चारमाध्यमले लगाएका छन्।
धेरैवटा भारतीय सञ्चारमाध्यमले पाकिस्तानले जम्मू-कश्मीर क्षेत्रमा फेरि गोलाबारी गरेको भनी समाचार लेखेका छन्।
#WATCH | J&K | Red streaks seen and explosions can be heard as India's air defence intercepts Pakistani drones amid blackout in Udhampur
(Visuals deferred by an unspecified time) pic.twitter.com/oQO8RwhBfm
त्यसो त जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पनि युद्धविराम भनिए पनि श्रीनगरमा विस्फोटको आवाज सुनिएको बताएका छन्।
मुख्यमन्त्री अब्दुल्लाहले एक्समा लेखेका छन्, ‘युद्धविराम के भयो? श्रीनगरभरि विस्फोटका आवाज सुनिए!’
What the hell just happened to the ceasefire? Explosions heard across Srinagar!!!
— Omar Abdullah (@OmarAbdullah) May 10, 2025
Shares

प्रतिक्रिया