भारत र आफ्नो देशबीच युद्धविराम सम्झौता भएका विषयमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले पहिलो प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यस क्षेत्रमा शान्ति स्थापना गर्न उनले गरेको नेतृत्व र खेलेको सक्रिय भूमिकाका लागि धन्यवाद दिन्छौँ।’
क्षेत्रीय शान्ति र स्थायित्वको हितमा युद्धविराम स्वीकार गरेको उल्लेख गर्दै शरिफले नतिजामा पुग्न सहयोग गरेकामा पाकिस्तान अमेरिकाको कदर गर्छ भनेका छन्।
उनले अगाडि लेखेका छन्, ‘हामी दक्षिण एसियामा शान्तिका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोलाई पनि उनीहरूको योगदानको लागि धन्यवाद दिन्छौँ।’
यसैबीच सम्झौता भएको केही घण्टामै पाकिस्तानले युद्धविराम उल्लंघन गर्दै जम्मु कश्मीरमा गोलाबारी सुरु गरेको समाचार आएको छ।
Shares

प्रतिक्रिया