समाज


सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसहित तीनजना नियन्त्रणमा

सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसहित तीनजना नियन्त्रणमा

नेपालखबर
बैशाख २७, २०८२ शनिबार २१:५८, सिरहा

सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा आज एक सुत्केरीको मृत्यु प्रकरणमा छानबिनका लागि अस्पताल सञ्चालकलाई नियन्त्रणमा लिइएर सोधपुछ गरेको छ।

मिर्चैया नगरपालिका–११ सीतापुरकी ३० वर्षीया रामकाशी यादवको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेपछि सञ्चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

शुक्रबार शल्यक्रिया गरेर बच्चा जन्माएकी यादवको अत्यधिक रक्तश्रावका कारण ज्यान गएपछि आफन्तले अस्पतालको लापरबाही भन्दै विरोध जनाइरहेका छन्।

‘सुत्केरीको अवस्था नाजुक हुँदै गएपछि हामीले अन्यत्र पठाउन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भन्दै अल्झाएर राखियो’, मृतकका श्रीमान् सन्त यादवले भने, ‘बिरामीको अवस्था गम्भीर भएपछि आज बिहान करिब दुई बजेतिर मात्र विराटनगरका लागि रेफर गरिदियो। यतिबेलासम्म ढिलो भइसकेको थियो,  विराटनगर लैजाँदै गर्दा बाटोमै मेरो श्रीमतीको मृत्यु भयो।’

घटनापछि मृतकका आफन्त र परिवारजनले अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका थिए। प्रदर्शनपछि प्रहरीले अस्पतालका सञ्चालकसमेत रहेका डा तेजशङ्कर यादवसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

हाल शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको र त्यसको प्रतिवेदनअनुसार थप कारबाही अघि बढाउने गरी आफन्तसँग कुरा भएको प्रहरी नायब उपरीक्षक पासवानले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad