ग्लोबल


मोदीको धम्की : बच्नु छ भने पाकिस्तानले आतंकवाद समाप्त गरोस्

मोदीको धम्की : बच्नु छ भने पाकिस्तानले आतंकवाद समाप्त गरोस्

नेपालखबर
बैशाख २९, २०८२ सोमबार २०:४६,

भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानको परमाणु ब्ल्याकमेल नसहने बताएको छन्। पाकिस्तानसँग चार दिने लडाइँ सुरु भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका मोदी भविष्यमा आतंकवादी र तिनको संरक्षण गर्ने सरकारबीच फरक नगर्ने चेतावनी दिए।

‘यदि पाकिस्तान बच्न चाहन्छ भने उसले आतंक अन्त्य गर्नैपर्छ,’ उनले भने। 

मोदीले पाकिस्तानसँग वार्ता हुने हो भने आतंक र पाकिस्तान नियन्त्रित कस्मिरको विषयमा मात्र हुने पनि स्पष्ट पारे। पाकिस्तानले आइन्दा आतंकवादी गतिविधि नगर्ने भन्दै गुहार लगाएपछि सैन्य कारबाही रोकिएको दाबी पनि उनले गरे। 

सेनाको प्रशंसा गर्दै मोदीले सैन्य कारबाही स्थगित मात्र गरेको बताए। 

‘हामी पाकिस्तानको प्रत्येक कदम हेर्नेछौँ। हाम्रो सम्पूर्ण शक्ति अधिकतम सतर्क छ। अप्रेसन सिन्दुर न्यु नर्मल हो,’ मोदीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad