ग्लोबल


पन्जाबमा विषाक्त मदिरा पिउँदा १४ जनाको मृत्यु, ४ जना पक्राउ

पन्जाबमा विषाक्त मदिरा पिउँदा १४ जनाको मृत्यु, ४ जना पक्राउ

एसएसपी मनिन्दर सिंह


नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १०:४४, काठमाडौँ

पन्जाबका प्रहरी अधिकारीहरूले अमृतसर जिल्लामा विषाक्त मदिरा पिउँदा १४ जनाको मृत्यु भएको बताएका छन्।

साथै बिरामी ६ जनालाई अस्पतालमा भर्ना गरिएको छ समाचार एजेन्सी एएनआईले जनाएको छ। 

यो घटना अमृतसरको मजिठामा भएको हो।

अमृतसरका एसएसपी मनिन्दर सिंहले पत्रकारहरूसँग भनेका छन्, ‘हामीलाई हिजो राति ९:३० बजेतिर जानकारी प्राप्त भयो कि यहाँ नक्कली मदिरा पिएपछि मानिसहरू मर्न थालेका छन्। हामीले तुरुन्तै कारबाही गर्‍यौँ र मुख्य आपूर्तिकर्ता परबजित सिंहसहित ४ जनालाई पक्राउ गर्‍यौँ।’

उनले थपे, ‘१४ जनाको मृत्यु भएको पुष्टि भएको छ र ६ जना हाल अस्पतालमा भर्ना छन्। यो घटना ५ वटा गाउँमा भएको हो।’

एसएसपीका अनुसार पन्जाब सरकारले नक्कली मदिरा आपूर्तिकर्ताहरूविरुद्ध कडा कारबाही गर्न निर्देशन जारी गरेको छ।

अमृतसरका उपायुक्त साक्षी एसले यी पाँच गाउँमा चिकित्सा टोलीहरू घर-घरमा खटाइएको बताइन्।

उनले भनिन्, ‘हामी थप ज्यान नगुमाउन सुनिश्चित गर्न प्रयासरत छौँ। सरकारले सबै सम्भव सहयोग प्रदान गरिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad