अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन्। त्यहाँ उनले साउदी युवराज मोहम्मद बिन सलमानलाई भेटेका छन्।
ट्रम्प साउदी अरेबिया, कतार र युएईको चार दिने भ्रमणमा निस्किएका हुन्।
यो ट्रम्पको दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक भ्रमण हो।
उनको भ्रमणका क्रममा अमेरिकामा नयाँ लगानीसँग सम्बन्धित धेरै सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ।
साउदी अरेबियाले अमेरिकासँग १०० अर्ब डलरभन्दा बढी मूल्यको अमेरिकी हतियार र अन्य सैन्य उपकरण खरिद गर्ने सम्झौता गर्न सक्ने बीबीसीले जनाएको छ।
अमेरिकाले लामो समयदेखि साउदी अरेबियालाई हतियार आपूर्ति गर्दै आएको छ, तर २०२१ मा बाइडेन प्रशासनले साउदी अरेबियालाई हतियार बेच्न बन्द गरेको छ।
बाइडेन प्रशासनले त्यतिबेला यमनमा साउदी अरेबियाको भूमिकाप्रति चिन्ता व्यक्त गर्दै हतियार आपूर्ति बन्द गरेको हो।
Shares

प्रतिक्रिया