ग्लोबल


इजरायलले गाजाको अस्पतालमा ६ वटा बम खसाल्यो, २८ जनाको मृत्यु

इजरायलले गाजाको अस्पतालमा ६ वटा बम खसाल्यो, २८ जनाको मृत्यु

इजरायलले गाजाको एक युरोपेली अस्पतालमा आक्रमण गरेको छ।


नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ७:१०, काठमाडौँ

गाजास्थित खान युनिसको एक युरोपेली अस्पतालमा इजरायलले हवाई आक्रमण गर्दा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्।

स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ ६ वटा बम खसालेका थिए। बम अस्पतालका आँगन र वरपरका क्षेत्रमा खसेका थिए।

इजरायली सेनाले ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूविरुद्ध सटिक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पतालमुनि रहेको दाबी गरेको थियो।

यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचारपछि उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।

७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबीचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad