ग्लोबल


युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

युक्रेन र रुसबीच टर्कीमा भएको वार्ताको तस्बिर


नेपालखबर
जेठ २, २०८२ शुक्रबार २०:४३, काठमाडौँ

युक्रेनमा जारी युद्ध अन्त्य गर्न युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच शुक्रबार टर्कीको इस्तानबुलमा वार्ता सम्पन्न भएको छ।

बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले दुवै देशले एक-एक हजार युद्धबन्दी रिहा गर्न सहमत भएको जानकारी दिएका छन्।

उनले भने, ‘हामीले युद्धविराम र मानिसहरू आदानप्रदानका विषयमा छलफल गर्‍यौँ। एक हजार मानिस (युद्धबन्दी) रिहाइ गर्ने सहमति हाम्रो बैठकको परिणाम हो।’

शान्ति वार्तामा रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका भ्लादिमिर मेन्डिन्स्कीले कैदी आदानप्रदान गर्ने सम्झौता भएको पुष्टि गरे।

उनले भने, ‘युक्रेनी पक्षले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता होस् भनेर अनुरोध गरेको छ। हामीले उनीहरूको अनुरोध रेकर्ड गरेका छौँ।’

मेन्डिन्स्कीका अनुसार प्रत्येक पक्षले सम्भावित भविष्यमा युद्धविरामबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने सहमति भएको छ। 

बीबीसीका अनुसार दुवै पक्षले युद्धबन्दीहरूको रिहाइको मिति तय गरेका छन्, तर सार्वजनिक गरेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad