रुसविरुद्धको युद्धमा युक्रेनका पक्षबाट लडिरहेको भन्दै रुसी सेनाले पक्राउ गरेका एक अस्ट्रेलियाली व्यक्तिलाई १३ वर्षको जेल सजाय सुनाइएको छ।
गत वर्ष डिसेम्बरमा लुहान्स्क क्षेत्रबाट पक्राउ गरिएका ३३ वर्षीय ओस्कर जेनकिन्सलाई पूर्वी युक्रेनको रुसी नियन्त्रित अदालतले शुक्रबार 'भाडाका सैनिक'का रूपमा लड्ने दोषी ठहर गरेको हो।
रुसद्वारा नियुक्त अभियोजकहरूले उनलाई १३ वर्षको जेल सजाय सुनाइएको बताएका छन्।
जेनकिन्स मेलबर्नका एक शिक्षक हुन्। अब उनलाई रुसको उच्च सुरक्षा जेलमा राखिनेछ।
अभियोजकहरूका अनुसार ओस्कर जेनकिन्स फेब्रुअरी २०२४ मा युक्रेन आइपुगेका थिए।
रुसी सेनाविरुद्धको सैन्य कारबाहीमा भाग लिन उनलाई हरेक महिना ६ लाखदेखि ८ लाख रुबलसम्म रकम दिइएको दाबी छ।
258
Shares

प्रतिक्रिया