दिल्लीकी आम आदमी पार्टीकी नेतृ हिमानी जैनले आफूसहित पार्टीका १५ जना पार्षदले नयाँ पार्टी घोषणा गरेको बताएकी छन्।
हिमानी जैनले समाचार एजेन्सी एएनआईलाई यो जानकारी दिँदै हाल आफूसँग १५ जना काउन्सिलर रहेको बताइन्।
हिमानीले भनिन्, ‘हामीले आम आदमी पार्टीबाट राजीनामा दिएका छौँ र इन्द्रप्रस्थ विकास पार्टी नामको नयाँ पार्टी गठन गरेका छौँ।’
#WATCH | Delhi | On her resignation from the AAP, party councillor Himani Jain says, "We have formed a new party, Indraprastha Vikas Party. We have resigned from AAP. In the last 2.5 years, no work was done in the corporation which should have been done. We were in power, yet we… pic.twitter.com/c1thjuALZU
यसैबीच विकास नगरका नगर पार्षद अशोक पाण्डेले समाचार एजेन्सी पीटीआईलाई बताएअनुसार उनी पनि पार्टीबाट राजीनामा दिएर नयाँ पार्टीमा सामेल भएका छन्।
उनले भने, ‘हामीले अनधिकृत बस्तीहरूमा काम गर्ने कुनै प्रणाली छैन, फोहोर संकलन गर्नेदेखि बत्ती जडान गर्नेसम्म र ढल सफा गर्नेदेखि नाली सफा गर्नेसम्म।’
VIDEO | Delhi: Several AAP councilors resign from party and announce a new party - ‘Indraprastha Vikas Party’.
— Press Trust of India (@PTI_News) May 17, 2025
Ashok Pandey, Ward 109, Vikas Nagar corporator who resigned from Aam Admi Party and joined ‘Indraprastha Vikas Party’ says, “We came here to work for development of our… pic.twitter.com/BCJavQkntv
‘हामीले आम आदमी पार्टीका वरिष्ठ नेताहरूलाई धेरैपटक पत्र लेखेका छौँ तर कोष छैन त्यसैले हामीले पार्टी छोडेका छौँ। अब धेरै मानिस हामीसँग सामेल हुनेछन् र आवश्यक परेमा हामी सँगै राज्यपालकहाँ जानेछौँ।’
नयाँ पार्टी गठनबारे जानकारी दिँदै हिमानी जैनले भनिन्, ‘पछिल्लो साढे दुई वर्षमा निगममा गर्नुपर्ने काम भइरहेको थिएन। हामी सत्तामा थियौँ तर पनि काम भइरहेको थिएन किनभने यदि हाम्रो मन लडाइँमा मात्र छ भने हामी दिल्लीका जनताका लागि कसरी काम गर्ने?’
उनले थपिन्, ‘त्यसैले हामीले नयाँ पार्टी गठन गरेका छौँ, जसको विचारधारा भनेको हामीले दिल्लीका जनताका लागि काम गर्नुपर्छ। हामी दिल्लीको हितमा काम गर्ने पार्टीलाई समर्थन गर्नेछौँ।’
Shares

प्रतिक्रिया