गाजामा युद्धविरामका लागि इजरायल र हमासबीच शनिबार नयाँ वार्ता सुरु भएको छ।
इजरायली सेनाले गाजा पट्टीमा ठूलो नयाँ आक्रमण थालेको केही घण्टापछि दुई पक्षबीच संवाद सुरु भएको हो।
एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले ६० दिने युद्धविराम र इजरायलले प्यालेस्टिनी कैदी रिहाइको बदलामा नौ इजरायली बन्धक रिहा गर्न सहमत भएको छ।
अधिकारीले नयाँ सम्झौताबमोजिम राहत सामग्री बोकेका ४०० ट्रक गाजा प्रवेश गर्न अनुमति दिनेछ र गाजाबाट बिरामी मानिसहरूलाई बाहिर निकाल्न पनि अनुमति दिनेछ।
बदलामा, इजरायलले बाँकी रहेका सबै बन्धक जीवित रहेको प्रमाण र उनीहरूबारे सबै जानकारी उपलब्ध गराउन माग गरेको छ।
यो चरणको युद्धविराम वार्ता कतार र अमेरिकाका मध्यस्थकर्ताहरूमार्फत दोहामा भइरहेको छ। यो कुराकानी शनिबार दिउँसो सुरु भएको हो।
Shares

प्रतिक्रिया