ग्लोबल


हैदराबादमा भीषण आगलागी, १७ जनाको मृत्यु

हैदराबादमा भीषण आगलागी, १७ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
जेठ ४, २०८२ आइतबार १३:८, काठमाडौँ

भारतस्थित हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा भीषण आगलागी हुँदा १७ जनाको मृत्यु भएको छ।

मुख्यमन्त्री रेवन्त रेड्डीले घटनाप्रति दुःख व्यक्त गर्दै भवनमा फसेका मानिसहरूलाई उद्धार गर्न वरिष्ठ अधिकारीहरूलाई निर्देशन दिएका छन्।

अग्नि नियन्त्रण विभागका एक अधिकारीका अनुसार बिहान करिब ६:३० बजे फोन कलमार्फत आगलागीको जानकारी पाएपछि उनीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए। यस क्रममा धेरै मानिसहरू घटनास्थलमा अचेत अवस्थामा फेला परे। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad