शनिबार साँझ न्युयोर्क सहरको ब्रुकलिन ब्रिजमा एउटा ठूलो मेक्सिकन नौसेनाको प्रशिक्षण जहाज ठोकिँदा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
शनिबार साँझ यो जहाज उक्त पुलमुनिबाट गइरहेका बेला यसको विशाल मास्ट (जहाजको एउटा अग्लो खम्बा) पुलमा ठोकिएको हो।
अधिकारीहरूका अनुसार दुर्घटनाका बेला चालक दलका केही सदस्य मास्टमा उभिरहेका थिए। पुलमा ठोकिँदा सबै मास्ट भाँचिए र जहाजको डेकमा खसे।
न्युयोर्क सहरका मेयर एरिक एडम्सले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा घटनामा दुई जनाको मृत्यु भएको र १९ जना घाइते भएको बताएका छन्।
तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनाका बेला जहाजमा जम्मा २७७ जना सवार थिए।
33
Shares

प्रतिक्रिया