सोमबार इङ्ग्ल्यान्डको लिभरपुल सहरमा लिभरपुल फुटबल क्लबको प्रिमियर लिग विजय परेडमा सहभागी मानिसहरूमाथि एक व्यक्तिले कार कुदाएका छन्।
बीबीसीका अनुसार दुर्घटनामा घाइते भएका दर्जनौँ व्यक्तिमध्ये चार बालबालिका पनि छन्।
नर्थ वेस्ट एम्बुलेन्स सेवाले २७ जनालाई अस्पताल लगिएको बताएको छ। एक बालकसहित दुई घाइतेको अवस्था गम्भीर छ।
घटनामा प्रहरीले ५३ वर्षीय बेलायती पुरुषलाई पक्राउ गरेको छ। यिनै व्यक्तिले कार चलाएको आरोप छ।
लिभरपुल फुटबल क्लबको विजय परेडमा भीडमाथि कार ठोकाइएको घटना आतंकवादसँग सम्बन्धित नभएको अधिकारीहरूले बताएका छन्।
बेलायती प्रधानमन्त्री केयर स्टारमरले एक्समा लेखेका छन्, ‘लिभरपुलको दृश्य भयावह छ- मेरो समवेदना घाइते वा पीडित सबैलाई छ।’
1.0k
Shares

प्रतिक्रिया