ग्लोबल


भारतको मौसम विभागले भन्यो: मनसुनमा १०६ प्रतिशतभन्दा बढी वर्षा हुन्छ

भारतको मौसम विभागले भन्यो: मनसुनमा १०६ प्रतिशतभन्दा बढी वर्षा हुन्छ

नेपालखबर
जेठ १४, २०८२ बुधबार ६:३१, काठमाडौँ

भारतको मौसम विभागले पनि यस वर्ष मनसुनमा सामान्यभन्दा बढी वर्षा हुने चेतावनी जारी गरेको छ। 

भारतीय  सञ्चारमाध्यमका अनुसार पृथ्वी विज्ञान मन्त्रालयका सचिव एम रविचन्द्रनले जुनमा १०६ प्रतिशतभन्दा बढी वर्षा हुने सम्भावना रहेको बताएका छन्। 

मध्य प्रदेश, छत्तीसगढ, महाराष्ट्र, ओडिसा र वरपरका क्षेत्रमा यसपटक सामान्यभन्दा बढी वर्षा हुने सम्भावना देखिएको हो। 

पन्जाब, हरियाणा, केरला र तमिलनाडुका केही क्षेत्रमा भने सामान्यभन्दा कम वर्षा हुने अनुमान गरिएको छ।

यसपटक भारतमा मनसुन सरदर मितिभन्दा एक हप्ताअघि नै मनसुन सुरु भइसकेको छ।

अब नेपालमा पनि चाँडै मनसुन भित्रिँदै गरेको यहाँका मौसमविद्ले बताएका छन्। 

यो पढ्नुहोस्मौसम विभागले भन्यो: यसपालि मनसुन छिटो, यसै साता प्रवेश गर्ने सम्भावना देखियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad